नेपाल सुपर लिग: स्पोर्टिङ इलामसँग ललितपुर सिटि पराजित

काठमाडौँ – नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ इलाम विजयी भएको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा इलामसँग ललितपुर सिटि १–० गोल अन्तरले पराजित भएको हो । इलामको जितका लागि खेलको ५९ औं मिनेटमा फाडे कामाराले विजयी गोल गरे । यस सिजनमा अपराजित ललितपुर सिटी एफसीको भने यो पहिलो हार हो ।

आजको जितसँगै इलामले ८ खेलबाट ८ अंक जोडेर तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । ललितपुर भने ७ खेलबाट १० अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत रह्यो । यस्तै आजै बुटबल लुम्बिनी एफसी र पोखरा थण्डर्स प्रतिस्पर्धा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.