सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण

काठमाडौँ – विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर सन्तोषजनक रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रबारे सन् २०२४ को पहिलो प्रक्षेपण सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालकको आर्थिक विस्तार १ दशमलव ९ प्रतिशत मात्रै भएको थियो ।

विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत रहने अनुमान गरेको छ ।त्यस्तै, विश्व बैंकले विश्वको अर्थतन्त्र सन् २०२५ मा समेत सुस्त नै रहने प्रक्षेपण गरेको छ । सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत रहने प्रक्षेपण गरेको विश्व बैंकको छ । आगामी वर्ष विश्व अर्थतन्त्रको विस्तार २.७ प्रतिशत मात्र रहनेछ । विश्व बैंकले ठूलो अर्थतन्त्र भएका मुलुकको सुस्त विस्तारले समग्र विश्व अर्थतन्त्र प्रभावित हुने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.