टिआरसी विधेयक छिटो टुंगोमा पुर्‍याउनु पर्नेमा सांसदहरुको जोड

काठमाडौँ- कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक माथिको छलफलमा भाग लिने सबै दलका सांसदहरुले यो विधेयक छिटोभन्दा छिटो टुंगोमा पुर्‍याउनु पर्ने धारणा राख्नु भएको छ । स

मितिको छलफलमा सहभागी हुनु भएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायको विषय टुंगोमा पुर्‍याउनु पर्नेमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहित सबै दलका सांसदहरुको एक मत आएकाले अव यो विषय छिट्टै निष्कर्षमा पुग्नेमा आफू विश्वस्त भएको बताउनु भयो ।

अबको हप्ता १० दिन शीर्ष राजनीतिक नेतृत्व सहितका पक्षसँग अनौपचारिक छलफल गरी यो विधेयक निष्कर्षमा पुर्‍याउने कानुनमन्त्री गुरुङले बताउनु भयो ।

सांसदहरुले १७ वर्षदेखि यो विषय गिजोलिएकाले टुंगामा पुर्‍याउन नसक्ने कुनै विषय नभएको तर राजनीतिक विषय बनाइएको धारणा राख्नु भयो । बैठकमा नेपाली काँग्रेसका सांसद रमेश लेखकले अव कुनै पनि बहानामा यो विधेयकलाई अड्काएर राख्नु नहुने बताउनु भयो ।

नेकपा एमालेका सांसद महेश बर्तौलाले उपसमितिले छलफल चार वटा विषयमा केन्द्रित गरेकाले छिटो टुंगोमा पुर्‍याउन सकिने धारणा राख्नु भयो । माओवादी केन्द्रका सांसद पूर्ण घर्ती, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार लगायतका सांसदहरुले सम्बोधन गर्न बाँकी रहेका विषयमा केन्द्रित भएर छलफल गरी टुंग्याउनुपर्ने धारणा राख्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.