नुवाकोटमा तीनसय बढी विद्यार्थीलाई न्यानो कपडा बितरण

नुवाकोट- विद्यार्थीहरुको अध्ययनप्रति आकर्षण जगाउने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा रहेको थानसिङमा तीनसय भन्दा वढि विद्यार्थीहरुलाई न्यानो कपडाका साथै शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ ।

लिखु गाउँपालिका-६ थानसिङ, नुवाकोटमा रहेको बच्छला माविमा अध्ययनरत तीनसय ५० जना विद्यार्थीहरुलाई स्थानीय शिक्षाप्रेमी तथा युवाहरुले उपलवध गराएको न्यानो कपडा, झोला, स्टेशनरी तथा खेलकुद सामग्री वितरण गरिएको हो । सो विद्यालयमा आदिवासी जनजाती समुदायका वालवालिका उल्लेख्य रुपमा अध्ययनरत रहेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा पुर्व शिक्षामन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसी, संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीलगायतले हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथी केसीले शिक्षामा सहयोग पुर्‍याउनेहरु तथा सहयोगी मनहरूका साथै संस्थापक, चन्दादाता, विद्यालयका पूर्व अध्यक्षहरूलाई दोसल्ला ओढाउनुका साथै कदर पत्र प्रदान गरेर विद्यालयका तर्फवाट सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.