राष्ट्रिय सभा निर्वाचनमा ३८ प्रकारका मतपत्र

काठमाडौँ-  आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ३८ प्रकारका मतपत्र छपाई हुने भएको छ ।

निर्वाचन आयोगले  १९ सिटका लागि कल्स्टर अनुसार  छुटा छुट्टै मतपत्र  रहने गरी ३८ प्रकारका मत पत्र छाप्ने तयारी गरेको हो ।

प्रदेशसभा सदस्यका लागि हरियो र पालिकाका पदाधिकारीका लागि रातो रङ्को मतपत्र छाप्ने तयारी आयोगले गरेको छ ।

मतपत्रको छपाईको काम आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा हुने बताइएको छ ।

महिला, दलित, अन्य र अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ गरी चार समूहमा छापिने मतपत्रमा राजनीतिक दलको चुनाव चिन्ह र उम्मेद्वारको नाम समेत समावेश गरिने छ ।

कुल दुइ हजार ४७ मतदाताका लागि आयोगले ७ हजार मतपत्र छापिने छ ।

माघ ११ गते हुने निर्वाचनमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मतदानका लागि सातै प्रदेशको प्रदेश राजधानीमा रहेको निर्वाचन कार्यालयमा दुइ/दुइ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.