जङ्गली बँदेलको आक्रमणबाट एकको मृत्यु, एक घाइते

डोटी–  डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमणबाट गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।

आज बिहान नजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए । भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.