पुनर्निर्माण र पुनर्स्थापनामा फेरिएन शैली, त्रिपालमुनि भूकम्प पीडित

काठमाडौँ- मुलुकभर आज मनाइरहँदा जाजरकोट भूकम्प पीडितहरूका लागि अस्थायी आवास निर्माणको कामले समेत पूर्णता पाउन सकेको छैन । अझै पनि हजारौ परिवार त्रिपाल मुनि रहेका छन् ।
गत कार्तिक १७ गते जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । भुकम्प गएको साढे दुई महिना वितिसकेको छ । भुकम्प पछिको राहात पुननिर्माणमा र पुनस्थापनामा राज्यले तदारुकता देखाउन नसकेको गुनासो भुकम्प पीडितहरूले गरेका छन् ।
भूकम्पपछिको राहत, पुननिर्माण र पुनस्थापनामा आवश्यक ध्यान पुग्न नसक्दा भूकम्पपछि प्रभावकारी व्यवस्थापन नहुँदा कारण मात्र ३५ जना ज्यान गुमाएका छन् ।
भूकम्पमा परी १ सय ५७ को मृत्यु र ३ सय ७२ घाइते भएका थिए । बारेकोट रामीडाँडा केन्द्रबिन्दु बनाएर आएको भूकम्पले १७ हजार ८ सय ६५ पूर्ण र ४३ हजार ९ सय २४ गरी ६१ हजार ७ सय ८९ मा क्षति पुगेको छ ६७ हजार ७ सय ८० घरमा क्षति पुगेकोमा हालसम्म जम्मा २० हजार १ सय ४७ अस्थायी आवास निर्माण भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

१० हजार ३०५ अस्थायी आवास निर्माण भइरहेको छन् । प्राधिकरणका अनुसार अस्थायी आवासका लागि अझै पनि २० हजार घरपरिवारले पहिलो किस्ता बापतको रकम समेत पाएका छैनन् । अस्थायी आवासका लागि प्रति प्रभावितका लागि सरकारले ५० हजार रुपैयाँ अनुदान दिने भने पनि प्रभावित क्षेत्रमा पर्याप्त बजेट पठाउन नसकिएको सरकारले अस्थायी आवास निर्माण लगायत भूकम्प प्रभावित क्षेत्रमा काम गर्नका लागि १० अर्ब रुपैयाँ विपद् जोखिम न्यूनीकरण कोषमा निकासा गर्ने निर्णय गरे पनि हालसम्म १ अर्ब मात्र निकासा गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले गत आइतबार सार्वजनिक गरेको स्थायी आवास निर्माणको प्रगति अवस्था पुनर्स्थापना र पुनर्निर्माणको योजना प्रतिवेदनका अनुसार प्रभावित परिवारको पुनर्स्थापनाका लागि २८ करोड ९२ लाख रुपैयाँ अनुमान गरिएको छ । यस्तै पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पूर्वाधार तर्फ २८ करोड ९२ लाख रुपैयाँ अनुमानित गरिएको छ । स्थानीय स्रोत सामग्री प्रयोग थप प्रोत्साहनका लागि २४ करोड ११ लाख रुपैयाँ लाग्ने अनुमान प्राधिकरणको रहेको छ । पुनर्निर्माण सम्बन्धी कार्यविधि निर्माणले अझै पूर्णता पाएको छैन ।






प्रतिक्रिया राख्नुहोस्