आठ बर्षपछि बल्ल सभाहलको निर्माण कार्यले गति लियो

रसुवा- रसुवाको सदरमुकाम धुन्चेमा रहेको पुरातात्विक सभाहल पुननिर्माणको काम सुरु भएको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पका कारण खण्डहर बनेको सभाहल सङ्घीय सरकार अन्तर्गत सघन सहरी विकास तथा भवन निर्माण आयोजनाले निर्माण गर्न लागेको हो ।
जिल्ला समन्वय समन्वय समिति रसुवाको पहलमा २ करोड ९० लाख रुपियाँको लागतमा जेबी कन्स्ट्रक्सन प्रालिले २०८१ असार मसान्त सम्ममा निमार्ण सम्पन्न हुने गरी उक्त सभाहल निर्माणको जिम्मा पाएको जिल्ला समन्वय समितिका उपप्रमुख बिजय लामाले बताउनुभयो ।
जिल्लाकै गहनाको रूपमा रहेको सभाहल भूकम्पले क्षति पुर्याएको आठ वर्षपछि आधुनिक शैलीमा बन्ने भएको हो । पईतीस मिटर लम्बाई र अठार मिटर चौडाई रहेको सभाहलमा करिब तीन सय जना रहन सक्ने क्षमता रहेको छ ।
सभाहल नहुँदा खुला आकाशमुनी सभा समारोहहरु हुँदै आएका थिए । जिल्लामा जुनसुकै सार्वजनिक समारोह, सभा तथा भेला हुने सभाहल पुनर्निर्माण नसकेर आठ वर्षदेखि अलपत्र थियो ।
तत्कालीन राजादेखि मन्त्रीसम्म आउने कार्यक्रमहरू हुने गरेको पुरातात्विक सभाहलमा गाउँमा सामाजिक रितिरिवाज, संस्कृति सभा समारोह चलाउने धुन्चेको सभाहल पनि ०७२ सालको विनाशकारी भूकम्पका कारण ध्वस्त भएको हो । परम्परागत कलात्मक शैलीको यो भवन २०३२ सालमा निर्माण भएको हो ।










प्रतिक्रिया राख्नुहोस्