यू–१९ विश्वकप: नेपालको पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध

काठमाडौँ- दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपालले भोलि आफ्नो पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध खेल्दै छ । हिजोबाट शुरु भएको प्रतियोगितामा समूह चरण अन्तरगतका खेलहरु भइरहेका छन् ।

विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा भोलि न्युजिल्याण्डसंग खेल्न लागेको हो । नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान सँग खेल्ने छ । यसैगरी समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तान विरुद्ध खेल्नेछ ।

विश्व कप खेल्ने नेपाली युवा टोलीको कप्तानमा देव खनाल छन् भने टोलीका अन्य सदस्यमा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, र गुलशन कुमार झा, छन् । यसैगरी दिपेश प्रसाद कँडेल, दिपक बोहरा, बिशाल विक्रम केसी, सुभाष भण्डारी, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी,र आकाश चन्द पनि टोलीमा समावेश गरिएका छन् ।

नेपालको समूहमा रहेका अफगानिस्तान र पाकिस्तानबीच आज खेल भएको छ । यसैगरी समूह ए मा रहेका भारत र बंगलादेशबीच पनि आजै खेल भएको छ । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् । ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.