नेपाल टेलिभिजनका पत्रकार थापा सम्मानित्

भक्तपुर– नेपाल टेलिभिजनका पत्रकार दिलिप कुमार थापा सम्मानित् हुनु भएको  छ।

रफत सञ्चार क्लवको १४ औं वार्षिकोत्सको अवसरमा क्लवले आज नेपाल एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष समेत रहनु भएका संचारकर्मी थापालगायतका पत्रकारहरुलाई क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित् गरेको हो ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका  सभापति रवि लामिछानले आफुहरुको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रीत रहेको बताउनुभयो ।

आफ्नो दलले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरुलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने लामिछानेले बताउनु भयो ।

राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उहाले सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलिप कुमार थापा मगर, पत्रकार शिव कुमार भट्टराई लगाएतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.