धादिङमा कुखुरा व्यवसाय लयमा फर्किदै

धादिङ- स्थानीय प्रजातिका कुखुरा पाल्दै आएका धादिङका किसानहरुको व्यवसाय अहिले विस्तारै लयमा फर्किन थालेको छ ।

जिल्लाका स्थानीय तहहरुले समेत स्थानीय पालीकामा भएका सुत्केरीलाई पोषणकालागि लोकल जातका कुखुरा वितरणका साथै गरिव र विपन्न समुदायमा पनी आय-आर्जनकालागि स्थानीय कुखुरा वितरण सुरु गरेसंगै स्थानीय जातका कुखुराको माग बढेको हो । जस्का कारण किसानहरुलाइ समेत उत्पादन विक्रिका लागी निकै सहज भएको भनाई छ ।
उत्पादनले बजार पाउन छाडेपछि समस्यामा परेका उनिहरु आजकाल भने बल्ल कुखुरा विक्रि हुन थालेको बताउँछन् । लोकल कुखुराको अहिले जिउँदोकाे प्रति किलो एक हजारसम्ममा विक्रि हुने गरेको छ ।

पहिले विकासे प्रजातीका कुखुरा पाल्दै आएका किसानहरुले विकासे जातका कुखुरामा रोगको संक्रमणका साथै विचौलियाका कारण निकै घाटा बेहोर्नु परेपछि स्थानीय जातका कुखुराहरु पाल्न थालेका हुन् ।

व्यवसायिक रुपमा नै पाल्न थालिएका स्थानीय जातका कुखुराहरु लामो समयसम्म विक्रि नहुँदा एउटै किसानको खोरमा दुई सयदेखी सात सयको संख्यामा कुखुरा उत्पादन भएपनि विक्रि भने हुन सकेकाे थिएन । तर अहिले दैनिक विक्रि हुन थालेको र माग समेत बढेको कुखुरापालक किसानको भनाई छ ।

खास गरी चालु आर्थिक वर्षदेखी धादिङका स्थानिय तहरुले आफ्नो स्थानीय तहमा सुत्केरी भएका महिलालाई कुखुरा दिन सुरु गर्नुका साथै आय आर्जनका लागी समेत स्थानीय जातका कुखुरा वितरण गर्न थाले पछी यसको माग बढेको हो ।

सबै विकासे प्रजातिका वस्तुहरुको उपयोगका कारण स्थानिय प्रजातिका पशुपंक्षी लोपाेन्मुख अवस्थामा पुग्ने भन्दै जिल्लाका स्थानिय तहहरुले स्थानीय वस्तुहरुको प्रवर्धन गर्न थालेसंगै कुखुराको माग पनी बढेको किसानहरुको भनार्ई छ ।
केही वर्ष पहिलेसम्म पुर्वि नेपालबाट झापाली लोकल भन्ने कुखुराको आयात गर्ने गरकोमा अहिले किसानले विस्तारै आफ्नै उत्पादन बढाउन समेत थालेका छन् ।
साथै पछिल्लाे समय पुर्वि नेपालबाट ल्याईने कुखुरा जिल्लामा आयात बन्द गरिएपछि स्थानीय किसानहरुलाई झनै सहज भएको छ ।
अहिले धादिङमा एउटै किसानको तीन सयदेखी चार हजारसम्म स्थानीय प्रजातीका कुखुराहरु पालेका छन् ।
धादिङको शिद्धलेक, नीलकण्ठ नगरपालिका,कल्लेरी लगायतका स्थानहरुमा किसानले पुनःव्यवसायिक रुपमा स्थानीय प्रजातीका कुखुराहरु पाल्न सुरु गरेका छन् ।
विकासे प्रजातीको भन्दा सजिलो र रोग पनी कम लाग्ने भएपछि किसानहरु पछिल्लो समय स्थानिय कुखुरा पाल्न आकर्षित भएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.