टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा गएराती टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाको बेलापुरबाट ढुङ्गाड गइरहेक बागमती प्रदेश ०१-००१ क ५६५१ नम्बरको टिप्पर वडा नम्बर-४ सिरोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार धादिङ घर भएका टिप्पर चालक ४० वर्षीय धिरज थापामगर र धादिङकै २७ वर्षीय विष्णु बिकको मृत्यु भएको हो ।

डडेल्धुराको नवदुर्गा गाउँपालिका ४ बस्ने २८ हिक्मत बिक र धादिङका ३१ वर्षीय सुदिप बिक घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको र डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.