नेपालले भोलिबाट क्यानडा विरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला खेल्ने

काँठमाडौँ- नेपालले भोलिबाट क्यानडा विरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय शृङ्खला खेल्दैछ ।

किर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तीन खेलको शृङ्खला भोलि शुरु भएर माघ २९ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र क्यानडाबीच भोलि पहिलो खेल हुनेछ भने दोस्रो खेल यहि माघ २७ गते र अन्तिम खेल माघ २९ गते हुनेछ । आइसिसि विश्वकप क्रिकेट खेल्न छनोट भएको नेपालले त्यसको तयारी स्वरुप शृङ्खला खेल्न लागेको हो ।

नेपालले यसअघि नै नियमित कप्तान रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । क्यानडाले पनि नेपालसंग खेल्न साद बिन जफरको कप्तानीमा टोलीको घोषणा गरेको छ । नेपालले एकदिवसीय शृङ्खला खेले लगत्तै आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक खेल खेल्नेछ । त्रिवि मैदानमा नै हुने उक्त शृङ्खलामा नेपालले नेदरल्यान्ड्स र नामिबियासंग खेल्नेछ ।

प्रतियोगिता फागुन ३ देखि फागुन १३ गतेसम्म चल्नेछ । यो शृङ्खला सकिएलगत्तै त्रिवि मैदानमै नेपालले नामिबिया र नेदरल्यान्ड्ससंगै ३ राष्ट्र सम्मिलित टि-२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेल्नेछ । यो प्रतियोगिता लगत्तै नेपाली टोली हङकङ जाने कार्यक्रम छ जहाँ नेपालले ४ राष्ट् सम्मिलित रहने सिरिज खेल्ने कार्यक्रम छ । उक्त शृङ्खलामा नेपाल र आयोजक हङकङसँगै पपुवा न्यु गिनी र ओमान रहनेछन् । ओमान पनि विश्वकपको तयारीमा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.