गाजाको रफाह सहरमा इजरायली आक्रमण जारी, १ सयभन्दा बढीको मृत्यु

काठमाडौँ- हमासले बन्धक बनाएका दुई इजरेली पुरुषलाई गाजाको रफाह शहरबाट मुक्त गरिएको इजरेलले जनाएको छ।

इजरेलले गाजाको दक्षिणमा अवस्थित उक्त सहरमा सघन हवाई आक्रमण गरेको बी बीसीले जनाएको छ ।

दक्षिणी सहर रफाह र गाजापट्टीको वरपरका क्षेत्रमा इजरायली सेनाले गरेको भारी आक्रमणमा सोमबार एक सयभन्दा बढीको मृत्यु भएको छ ।

आक्रमणमा महिला तथा बालबालिकासहित सयौँ घाइते भएको आधिकारिक प्यालेस्टिनी समाचार संस्था वाफाले जनाएको छ ।

आज बिहान रफाह क्षेत्रमा इजरायली सेनाले करिब ४० वटा हवाई आक्रमणसहित जमिनमा गोलाबारी गरेको बताइएको छ ।

इजरायली सेनाले दक्षिणी गाजामा हमासले श्रृङ्खलाबद्ध आक्रमण गरेकोे बताएको छ । आक्रमणबाट भएको क्षतिको विवरण भने दिएको छैन ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.