डोल्पाको जुफाल विमानस्थल बन्द गर्न सिफारिश

डोल्पा- हिमाली जिल्ला डोल्पामा रहेको जुफाल विमानस्थल बन्द गर्न सिफारिश गरिएको छ । ठुलिभेरी नगरपालिकाका नगर प्रमुख सुवर्ण बुढाथोकीको अध्यक्षतामा नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालमा बसेको जिल्लास्थित सरोकारवालाहरुको बैठकले एक महिना बन्द गर्न सिफारिश गरेको हो ।

विमानस्थलको धावन मार्ग मर्मत गनुपर्ने भएको भन्दै फागुन १० गते देखि चैत्र १० गतेसम्म बन्द गर्न नेपाल नागरिक उडड्यन प्राधिकरण काठमाण्डौलाइ सिफारिश गरिएको नगर प्रमुख बुढाले बताउनुभयो ।

अहिले डोल्पासम्मको सडक मार्गको पहुँच पनि राम्रो भएकाले यात्रुहरुलाई आवतजावत गर्न समस्या नहुने भएकाले धावन मार्गको मर्मत गर्न लागिएको उहाँको भनाइ छ ।

अहिलेपनि डोल्पामा यातायातको छिटो छरितो र भरपर्दो माध्यमको रुपमा हवाइ यातायातनै रहेको छ ।
नागरिक उड्ययन प्राधिकरणको कार्यालय जुफालका प्रमुख अमित चौरासियाले धावनमार्ग मर्मत गर्न अत्यावश्यक भएकाले एक महिना बन्दको सिफारिश गरिएको बताउनुभयो ।

धावन मार्गको केही भाग अग्लो-होचो भएकाले पनि नेपालगञ्ज-सुर्खेत लगायतका विमानस्थलबाट आउने जहाजलाई अवतरणमा समस्या हुँदै आएको थियो । विकट हवाइ रुट, त्यसमा पनि विमानस्थल जोखिम भएकाले सरकारी तथा निजी एयरलाइन्स कम्पनीहरुले मर्मत गर्न पटक-पटक सुझाव दिएका थिए ।

यसअघि पनि धावनमार्ग बन्द गर्न सिफारिश गरेपनि चाडपर्वमा हुने यात्रुहरुको समस्यालाई मध्यनजर राख्दै बन्द नगरिएको प्राधिकरणले जनाएको छ ।

नगर प्रमुख बुढाको अध्यक्षतामा सहायक प्रमुख जिल्ला अधिकारी दामोदर ज्ञवाली, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.