रेसुङ्गा विमानस्थल निर्माण गर्दा विस्थापित भएका परिवारले मागे लालपुर्जा र रोजगारी

गुल्मी- गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवारले लालपुर्जा लगायतका समस्या समाधानको माग गरेका छन् । विमानस्थल निर्माणको क्रममा मुअब्जा दिनेगरि १४ घर वस्ती बिस्थापित र २८ घर परिवारको जग्गा अतिक्रमण गरिएको थियो ।

विमानस्थल निर्माणको क्रममा विस्थापित भएका घर परिवारलाई प्रदान गरिएको जग्गाको लालपुर्जा हालसम्म पनि पाएका छैनन् । लालपुर्जा, रोजगारी लगायतका समस्याहरुको माग गर्दै विमानस्थलबाट विस्थापित संघर्ष समितिले रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीसँग ज्ञापनपत्र बुझाएका छन् ।

गुल्मी जिल्लाको रेसुङ्गा नगर पालिकाको वडानम्बर–१० मा रहेको रेसुङ्गा विमानस्थलमा गत वैशाखदेखि नियमित उडान हुँदै आएको छ । विमानस्थलबाट नियमित उडान भएपनि विस्थापित परिवारले विमानस्थल निर्माण समितिले निर्माणको क्रममा देखाएको आश्वासन पुरा नगरेको स्थानीय रेनुकला अर्यालले बताउनुभयो ।

उहाँले हालसम्म लालपुर्जा पनि नआएको, रोजगारी पनि नदिएको दुखेसो गर्नुभयो । विकास भएपनि भएभरको घर सम्पती छोडेर सुकुम्वासी बनेर जग्गा दिएर अहिले विभिन्न समस्या हुँदा निर्माण समितिले ध्यान नदिएको बताउनुभयो ।

उहाँले विमानस्थल निर्माणका लागि घरसहित १४ रोपनी जग्गा उपलब्ध गराउनु भएको थियो । संघर्ष समितिले नगरप्रमुखलाई बुझाएको ज्ञापनपत्रमा विमानस्थल निर्माणको क्रममा विस्थापित परिवार बसोवास गरेको जग्गाको लालपुर्जा दिने, स्थानीयलाई रोजगारी दिने, खानेपानी, विद्युत लगायत निःशुल्क उपलब्ध गराउने निर्माण समितिले भनेपनि हालसम केहि पनि सुनुवाई नभएको उल्लेख गरेका छन् ।

त्यस्तै विमानस्थल निर्माण गर्ने क्रममा विस्थापित परिवारका एक घरका एक सदस्यलाई रोजगारी दिने भनिएपनि हालसम्म रोजगारी नदिएको स्थानीय कमला पुन गुनासो गर्नुभयो ।

त्यस्तै विस्थापितहरु बसेको ठाउँमा विमानस्थल निर्माणको क्रममा बनाइएको ढलले केही घरहरु जोखिखमा परेको बताएका छन् । चक्रपथ सहितको बाटोको स्तरउन्नती, खानेपानीको व्यवस्था, विमानस्थल निर्माण गर्दा भत्काइएको मन्दिरको पुनः निर्माण लगायतका मागहरु विमानस्थल निर्माणका विस्थापित परिवारको रहेको छ ।

विमानस्थल सार्वजनिक र निजि गरि कुल १५६ रोपनी जग्गामा फैलिएको छ । विमानस्थल निर्माणको क्रममा गरिएका प्रतिबद्धताहरु पुरा नभएको भन्दै उनिहरुले स्थानीय सरकारसँग ध्यानाकर्षण गराएका छन् ।

विभिन्न मागसहितको ज्ञापन पत्र बुझ्दै रेसुङ्गा नगरपालिका नगरप्रमुख खिलध्वज पन्थीले निर्माण समितिले के कसरी सम्झौता गरेर हटाएको भन्ने बारे अध्ययन गरेर अगाडी बढ्ने बताउनुभयो ।

विमानस्थल निर्माण कार्य सम्पन्न भएर नियमित उडान भइसकेपछि विस्थापित परिवारको समस्या छ भन्ने कहिं कतै हालसम्म नआएकाले यसबारे कुनै ध्यान नदिइएको पन्थीले बताउनुभयो ।

रेसुङ्गा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले विस्थापित परिवारलाई खुसी पारेर जग्गा अतिक्रमण गरिएको बताउनुभयो । लालपूर्जा दिने र रोजगारी लगायतका कुराहरु राखिएको उहाँले बताउनुभयो ।

लालपूर्जा दिनको लागि भूमि आयोगबाट प्रक्रिया अगाडी बढिसकेको पन्तले बताउनुभयो । अन्य कुराहरु उनिहरुसँग गरिएको सम्झौता हेरेर मात्रै भन्न सकिने पन्तको भनाइ छ ।

२०६३ सालमा तत्कालिन संस्कृति पर्यटनमन्त्री प्रदीप ज्ञवालीले रेसुङ्गा विमानस्थलको निर्माणको काम थालनी गरिए पनि २०७२ पछि मात्रै निर्माणले गति लिएको थियो ।

करिब एक दशक लामो निर्माण कार्यपछि मात्रै गत बैशाखबाट नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक हप्ताको बुधवार र शुक्रवार नियमित उडान गर्दै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.