डोटीमा २० बर्ष उमेर पुगी बिवाह गरेका जोडीलाई सम्मान

डोटी- हाल चुनौती तथा जटिल समाजिक समस्याको रुपमा रहेको बालबिवाह र छाउपडी प्रथासँग जुझ्न र समाजमा समेत सकारात्मक सन्देश दिने उधेश्यले डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ खसरेले २० बर्ष उमेर पूरा भै बिवाह गरेका जोडिलाई सम्मान गरेको छ ।

‘बिहेबारी बीस बर्ष पारी’ भन्ने मुलनारालाइ आत्मसात गर्दै सी डी एफ नेपालको सहयोग र जोरायल गाउँपालिका वडा नम्बर ६ को आयोजनामा मिति २०८० जेठ ३१ गते यता बीस बर्ष पूरा भै बिवाह गरेका जोडीहरुलाई सम्मान गरिएको छ ।

वडा कार्यालयले (दुलाहा-दुलही २० बर्ष पुरा भएको प्रमाण खुल्ने कागजात, दुलाह दुलही दुबैको नागरिकता प्रमाणपत्र प्रतिलिपी र ३५ दिन भित्र वडा कार्यालयमा गै बिवाह दर्ता गरेको प्रमाणपत्र प्रतिलिपी) साथ निवेदन दिन अनुरोध साथ सार्वजनिक सूचना जारी गरेको थियो ।

सार्बजनिक सूचना अनुसार २० बर्ष पूरा भएका एक मात्र जोडिको निबेदन परेको थियो उक्त जोडिलाइ सम्मान गरिएको हो ।

जोरायल गाउँपालिका ६ सित्तोली माइती घर हुनुभएको २६ बर्षिया कमला बोहरा र बैतडी जिल्ला मेलौली नगरपालिका ३ कुजागाड निवासी २६ बर्षिया माधव भाटको जोडीलाई सम्मान गरिएको हो । उक्त जोडीको यहि माघ ८ मा बिवाहा भएको थियो ।

आफ्नो जोडिलाइ सम्मान गरेको मा धन्यवाद व्यक्त गर्दै यो कार्यक्रमले बाल बिवाहा न्यूनीकरणमा सहयोग पुग्नुको साथै बालबिवाहा मुक्त क्षेत्र बनाउन सहज हुने दुलाह माधब सिंह भाटले बताउनु भयो ।

हाम्रो वडा कार्यालयमा सबै भन्दा बढी बाल बिवाहा भएको तथ्यांकअनुसार यो अभियान संचालन गरेको र २०८० जेठ ३१ गते यता बीस बर्ष पूरा भएर बिवाहा गरेका जोडी लाई सम्मान गरेको र यो कार्यक्रम आफ्नो कार्यकाल भरी जारी रहने जोरायल गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गणेश बोहराले बताउनु भयो ।

वडामा हुने बालबिवाह र छाउपडी का विभिन्न घटनाहरु
हाल चुनौती तथा जटिल समाजिक समस्याको रुपमा रहेकोे बालबिवाह र छाउपडीप्रथा संग जुझ्न र समाजमा समेत सकारात्मक सन्देश दिन खोजिएको छ ।

अझै पनि बालबिवाहाका घटनाहरू धेरै भैरहेका छ्न । भागेर बाल बिवाहा गरेका घट्ना नलुकाउन सिडिएफ नेपाल बाल संरक्षण तथा बाल अधिकार प्रबर्द्धन परियोजनाका कार्यक्रम संयोजक गिरी राज पाठकले बताउनु भयो ।

बाल बिवाहा न्यूनीकरणको लागि बालबालिका अभिभावकलाई जनचेतनामूलक कार्यक्रम लगायत सम्बन्धि निकायमा उजुरी गर्ने बानिको बिकास गर्न पनि जरुरी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.