राष्ट्रपति पौडेल स्वागत समारोहमा सरिक

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि एवं सेना दिवसका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शनिवार साँझ आयोजित स्वागत समारोहमा सरिक हुनुभयो ।
उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुख सहभागी हुनुहुन्थ्यो । नेपाली सेनाले यसपटक महाशिवरात्रि दिन आफ्नो दुई सय ६१औँ स्थापना दिवस मनाएको थियो ।
उपप्रधानमन्त्री, मन्त्रीगण, सवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको स्वागत समारोहमा उपस्थिति थियो ।
त्यस अवसरमा गैरआवासीय सैनिक सहचारी तथा युवा आदान प्रदान कार्यक्रममा नेपाल भ्रमणमा रहेका विभिन्न देशका नेशनल क्याडेट कोर्षका छात्रछात्राको पनि सहभागिता थियो ।






प्रतिक्रिया राख्नुहोस्