फुटबलको रेफ्री तालिमबाट १६ जना दिक्षित

काठमाडौँ- जुम्लामा सात दिनसम्म संचालन भएको फुटबलको रेफ्री तालिमबाट १६ जना दिक्षित भएका छन्।

कर्णाली प्रदेश सरकारको आर्थिक सहयोग ,कर्नाली प्रदेश फ़ुटबल संघ र ज़िल्ला खेलकूद विकास समितिको समन्वय,अखिल नेपाल फटबल संघको प्राविधिक सहयोगमा जुम्ला ज़िल्ला फ़ुटबल संघ यही फागुन २० गते देखि २६ गते सम्म तालिमको आयोजना गरिएको थियो ।

तालिममा कुल सहभागी ३६ जना रहेकोमा तालिमबाट १६ जनाले  मात्र ब्याज पाउन सफल भएको जुम्ला जिल्ला फुटबल संघका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिनुभयो ।

‘जुम्लामा पहिलोपटक रेफ्री तालिम संचालन गरिएको हो ।‘तालिमपछि यति धेरै रेफ्रीले ब्याज पाउनु आफैमा एउटा ऐतिहासिक पक्ष हुन पुगेको छ’ हमालले भन्नुभयो ।

लाइसेन्स प्राप्त रेफ्री नभएको कर्णालीमा भएको यो तालिमबाट ब्याज पाउने रेफ्रीले आगामी दिनमा हुने फुटबल प्रतियोगिताका लागि रेफ्रीको अभावलाई पूरा गर्ने जुम्ला जिल्ला फुटबल संघका अध्यक्ष भरत बुढथापाले बताउनु भयो ।

‘अब जुम्ला फुटबलको हब बन्नेछ। एउटा खेलमा गरिएको लाभबाट हजारौं जोडिनु यसको प्रमाण हो । हामीले सम्भावना नै नभएको रेफ्री तालिम जुम्लामा गर्न सक्यौं । अब कर्णालीका विभिन्न जिल्लामा फुटबल नियमित रुपमा प्रतियोगिता हुनेछन्’ बुढथापाले भन्नुभयो ।

रेफ्री तालिमपछि कर्णाली क्षेत्रमा हुने खेलकुद प्रतियोगितामा आफ्नै रेफ्री हुने जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताउनु भयो ।

तालिममा मुगुका सागर मल्ललाई उत्कृष्ट प्रशिक्षार्थी घोषित गरिएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.