त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृङ्खला: नेपालद्वारा १९९ रनको विजय लक्ष्य प्रस्तुत

काठमाडौं- नेपाल, हङकङ र पपुवा न्युगिनीबीच जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा नेपालले अहिले पपुवा न्युगिनीसँग खेलिरहेको छ ।

खेल मोङकोकस्थित मिसन रोडमा यो खेल जारी छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पिएनजीलाइ जितका लागी १ सय ९९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा नेपालले १९८ रनको योगफल तयार पारेको हो । नेपालका लागी कुशल भुर्तेलले ५९ रन बनाउँदा सन्दिप जोराले ५६ रन बनाएका छन् ।

पिएनजी अहिले ब्याटीङ गरिरहेको छ । हेड टु हेडका आधारमा बलियो देखिएको नेपालले पछिल्लो चार खेलमा तीन जित निकाल्दा एक मात्र खेल पिएनजीले जितेको छ । यसअघि पहिलो खेलमा नेपालले हङकङसगको खेल बर्षाले रद्द भएपछी अंक बाढेको थियो ।

त्यसैले नेपालले आजको खेल जितेमा फाइनलमा स्थान बनाउनेछ । यदि बराबरीको अवस्थामा नेट रन रेटले फाइनलिष्टको टुङ्गो लगाउनेछ । त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुदैछ । यो खेल नेपाली समय अनुसार सबा ११ बजेदेखि शुरु हुनेछ ।

भोलि शृङ्खलाको फाइनल खेल हुनेछ । आगामी जेठमा हुने टि २० विश्वकपको लागी नेपालले तयारी स्वरुप हङकङ भ्रमण गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.