सुनको मूल्यमा सामान्य गिरावट, प्रतितोला चार सयले घट्याे

काठमाडौँ- नेपाली बजारमा आज सुन मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २५ हजार चार सय कायम भएको छ ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार आठ सय थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु चार सयले घटेर प्रतितोला रु एक लाख २४ हजार आठ सय कायम भएको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला रु एक लाख २५ हजार दुई सय थियो ।

बिहीबारको तुलनामा आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय १५ कायम भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.