मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनबारे छलफल गर्न आज साँझ ५ बजे बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारले सुनको तस्करी नियन्त्रणका विषयमा जाँचबुझ गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा गठन गरेको आयोगले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदन उपप्रधानमन्त्री लामिछानेले आज प्रधानमन्त्री प्रचण्डलाई बुझाउनु भएको छ । प्रतिवेदनमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई पनि सुन तस्करी प्रकरणमा कारबाही चलाउन सिफारिस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.