रौतहटमा मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार

रौतहट- रौतहटमा आज दिउँसो एक जना मनि ट्रान्सफर सञ्चालकमाथि लुटेरा समूहले गोली प्रहार गरेका छन् । रौतहटको परोहा नगरपालिका वडा नं. ९ रामपुरखाप बजारमा रहेका शिवम मनि ट्रान्सफरका सञ्चालक नितेश साहमाथि गोली प्रहार भएको हो ।

सञ्चालकमाथि गोली प्रहार गर्ने समुहलाई प्रहरीले पक्राउ गरिसके र घटनाबारे रौतहट प्रहरी प्रवक्ता एवम् डिएसपी एलिजा गिरीले जानकारी दिनुभयो ।

गोलि प्रहार गर्ने तीन जना भारतीय नागरिक पक्राउ परका हुन् । पक्राउ पर्नेमा, मुनिस यादव, राजाकुमार पासवान र चन्द्र भारतीलाई हतियारसहित पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ । गोली प्रहारबाट साह घाइते भएका छन् । लुटपाट गर्ने उद्देश्यले मनि ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको हुनसक्ने तर घटनाको बारेमा बिस्तृत अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.