नेता र अभिनेताबीच चलचित्र संवाद

काठमाडौं- पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जीवनलाई कलाको रुपमा प्रस्तुत गर्ने गरेको वताउनुभएको छ । शुत्रवार काठमाडौमा आयोजित चलचित्र संवादमा कुरा गर्दै ओलीले जीवनका हरेक क्रियाकलाप, सोच तथा विचार पनि जीवनलई निरन्तरता दिने कला भएकाले चलचित्र क्षेत्रले सामाजिक रुपान्तरणको काम गर्नूपर्ने धारणा राख्नु भएको हो ।

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चलचित्र संवादमा पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अभिनेता राजेश हमालले दुई घण्टा लामो सम्वाद गर्नुभएको हो ।

संवादका मुख्यपात्र ओलीसँग हमालले चलचित्रलाई राजनीतिज्ञले हेर्ने दृष्टिकोण के हो ? जीवन, जगत, समाज तथा मानव संस्कृति, विकास, पुर्वाधार, धर्म संस्कृति भावना, प्रेम, विवाह लगायतका अनेकौ प्रश्न गर्नु भएको थियो ।

प्रश्नको सटिक जवाफ दिंदै ओलीले जीवन कला हो, जीवनले जुन बाटो रोज्छ त्यो पनि कला हो । कलामा भावनाको जीत हुन्छ तर जीवन साँच्चै त्यस्तै होइन जीवन वास्तविक हो भन्दै परापुर्वकालदेखि रामायण, महाभारतसम्मको उदाहारण दिदै जे वास्तविक हो त्यसैलाई स्वीकार्नु पर्ने धारणा राख्नुभयो ।

संवादको हरेक अंशमा ओलीले प्रस्तोता हमालसँग प्रश्नमा प्रतिप्रश्न बढी गर्दै अनेक उखान टुक्का, चुटकिला पनि सुनाउनु भयो यसले संवादलाई झनै आर्कषित बनाएको थियो ।

संवादका क्रममा ओलीले आफ्नो जीवन रहुन्जेल देश र जनताका लागि केहीगर्ने हुटहुटी रहेको बताउनुभयो । विशेष गरी आउँदो पुस्ता तथा युवा पुस्ताले आफ्नो सक्रिय जीवनशैलीबाट केही सिकुन् भन्ने पनि आफ्नो चाहाना रहेको धारणा राख्नुभयो ।

आफ्नो अनुभव सुनाउँदै उहाँले अनेक स्वास्थ्य समस्याका बीच यो उमेरसम्म आफू सक्रिय रहनु पनि एक कला रहेकाले वर्तमानलाई स्वीकार्नु नै वास्तविक जीवन रहेको वताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.