जन्मकैदको सजायपाएका फरार अभियुक्त १४ वर्ष पछि पक्राउ

पश्चिम नवलपरासी-पश्चिम नवलपरासी प्रहरीले सर्वस्व सहित जन्मकैदको सजाय सुनाईएका एक फरार अभियुक्तलाई १४ वर्षपछि पक्राउ गरेको छ ।

छिमेकिको हत्यापछि भारतमा लुकेर बस्दै आएका साविक गुठीसुर्यपुरा गा.वि.स ९ झुलनीपुर बस्ने वर्ष ५६ का नौमी प्रसाद राजभरलाई प्रहरीले गएराती पाल्हीनन्दनको महेसपुर नाकाबाट पक्राउ गरेको हो ।

राजभरले साथिहरुसंग मिलेर विक्रम संवत २०६६ साल असोजमा स्थानिय अरविन्द राजभरको हत्या गरेका थिए । सिमावर्ती भारतिय बजार ठुुटिबारीमा आफन्तको जग्गा किन्ने भन्दै नौमी प्रसाद सहित थप दुई जना व्यक्तिको साथमा अरविन्द राजभर घर बाट निस्कीएका थिए । तर अरविन्द न त ठुटिबारी जग्गा किन्न पुगे नत घरनै फर्किए, खोज्दै जाने क्रममा उनको शव गण्डक विद्युत गृहको रेडियल गेटमा फेला परेको थियो ।

अनुसन्धानका क्रममा मृतक अरविन्दलाई नौमी प्रसादले ४ लाख रुपैयाँ जग्गा खरिदका लागी भन्दै लिएको र सोहि पैसाकै लोभमा हत्या गरेको खुलेको थियो ।

ठुटिबारी नगई गाँउमै रहेको होटलमा मदिरा सेवन गरि उनको हत्या गरेको प्रहरी अनुसन्धान बाट खुलेको थियो । हत्या पछि फरार रहेका नौमी प्रसादले भारतको नयाँ दिल्लीमा परिचय लुकाई पेन्टिङ्गको काम गर्दे आएका थिए ।

उनले दिल्लीमा भारतिय आधार कार्ड बनाएर बस्ने गरेको र बेला बेलामा नेपाल आउने गरेकाले विशेष सुचनाको आधारमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । राजभरको हत्याको समयमा नौमीप्रसाद ४२ वर्षका थिए हाल ५६ वर्ष पुगेका छन् ।

निजलाई आजै जिल्ला अदालत परासीमा सजाय भुक्तानका लागी बुझाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि रेशम बोहोराले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.