देउखुरीको कठबेरुवामा प्रदेश स्तरीय होमस्टे सम्मेलन हुँदै

दाङ- लुम्बिनी प्रदेशस्तरीय होमस्टे सम्मेलन देउखुरीको कठबेरुवामा सुरु हुँदैछ । आज, भोली र पर्सि तीन दिन प्रदेश स्तरीय होमस्टे सम्मेलन हुन थालेको हो । होमस्टे महासंघ लुम्बिनी प्रदेशले लमहीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनको बारेमा जानकारी गराएको हो ।

राजपुर गाउँपालिका वडा नं. १ स्थित कठबेरुवामा प्रदेशका १२ जिल्लाका करिब दुई सय होमस्टे सञ्चालकहरु भेला हुने, बैठक बस्ने, औपचारीक रुपमा सम्मेलनको उद्घाटन गर्ने र कठबेरुवा घोषणापत्र जारी गरेर सम्मेलन सम्पन्न गर्ने कार्यक्रम रहेको होमस्टे महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष तीलकराज थारुले जानकारी दिनुभयो ।

सातवटै प्रदेशमा प्रदेश समिति, जिल्ला समन्वय समिति, पालिका स्तरीय समिति गठन गरिएको छ । नेपालको ७७ जिल्लामा होमस्टे सेवालाई थप प्रभावकारी बनाउन संस्थागत सुदृधिकरण, सामुदायिक तथा निजी होमस्टेहरुको क्षमता विकास, प्रचारप्रसार तथा बजारिकरण, आधारभुत पुर्वाधार विकासका सवालमा सहयोग पुग्ने उद्देश्यका साथ होमस्टे मेला, महोत्सव तथा सम्मेलन गरिदै आएको होमस्टे महासंघका केन्द्रिय महासचिव कृष्ण थारुले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेशमा १० वटा निजी र ४२ वटा समुदायिक गरी ५२ वटा होमस्टे सञ्चालनमा छन् । दाङ जिल्लामा १४ स्थानमा सामुदायिक होमस्टे सञ्चालनमा रहेका छन् । दाङ जिल्लामा रहेका होमस्टेहरुलाई बिशेष प्राथमिकतामा राखेर मौलिककला, ज्ञान र शिपलाई विश्व बजारसम्म पुर्‍याउने र मौलिक कला, ज्ञान र शिपलाई आयआर्जनसँग जोड्न प्रदेश भरी रहेका होमस्टेहरुको जमघट गरी सिक्ने र सिकाउने थलोकोरुपमा सम्मेलन हुनगइरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपाल सरकारले जारी गरिएको होमस्टे (घरवास) सञ्चालन तथा ब्यवस्थापन कार्यविधि २०६७, प्रदेश सरकार तथा स्थानीयतहले तयार पारेका होमस्टे कार्यविधिहरू समेतलाई आधार मानेर नेपालको धार्मिक, साँस्कृतिक, प्राकृतिक र जैविक विविधता एवं ऐतिहासिक सम्पदाहरूको संरक्षण, उजागरण, सम्बर्द्धन गर्दै ग्रामीण एवं शहरी क्षेत्रको पर्यटन विकास गर्न होमस्टेको अवधारणा लागु गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.