महरालाई कारवाही गर्न गृहमन्त्रीको निर्देशन

विनोद चौधरीलाई वयान लिँदै सिआईबी

काठमाडौँ- सुन तस्करी छानविन आयोगको प्रतिवेदनले दोषी ठहर गरेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहित अन्यलाई कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले प्रहरी नेतृत्वलाई निर्देशन दिनु भएको छ ।

गृहमन्त्री लामिछानेले आज प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर र सिआईबीका प्रहरी अतिरिक्त महानिरिक्षक श्यामलाल ज्ञवालीलाई मन्त्रालयमा बोलाएर महरालाई कारबाही गर्न निर्देशन दिनु भएको हो ।

जाँचबुझ आयोगको प्रतिवेदन अनुसार गृहमन्त्रीले कार्वाही गर्न निर्देशन दिनु भएको हो ।

यसैवीच आयोगको प्रतिवेदन प्रहरीले बुझेको छ ।

प्रतिवेदन बुझेको सिआइवी प्रमुख ज्ञवालीले जानकारी दिनु भएको छ ।

त्यसैगरी गृहमन्त्री लामिछानेले बाँसवारी छाला तथा जुत्ता कारखानाको जग्गा फिर्ता ल्याउने प्रकृया शुरु गर्न पनि निर्देशन दिनु भएको छ ।

त्यस क्रममा बाँसवारी छाला तथा जुत्ता कारखाना प्रकरणमा संलग्न उद्योगपति विनोद चौधरीको पनि सिआइवीले वयान लिने भएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.