मस्को आक्रमणका अभियुक्त अदालतमा

काठमाडौं- रुसको राजधानी मस्कोको कन्सर्ट हलमा आक्रमण गरेको आरोपमा चार जनालाई कारवाही शुरु गरिएको छ ।

१ सय ३७ जनाको ज्यान जाने गरी भएको सो आक्रमण संलग्न रहेको अभियोग लागेका चार जनामध्ये तीन जनालाई आखाँमा पट्टी बाँधेर मस्कोको अदालत पुर्‍याएको छ ।

चौथो व्यक्तिलाई भने ह्वीलचेयरमा अदालत पुर्‍याइएको हो । सबैलाई आतंकवादी कार्य गरेको अभियोग लगाइएको छ । क्रोकस सिटी हलमा कन्सर्ट भइरहेका बेला भएको आक्रमणको जिम्मेवारी लिंदै आतंकवादी समूह इस्लामिक स्टेटले भिडियो पोष्ट गरेको थियो ।

मस्को आक्रमण लगत्तै रुसले विना प्रमाण युक्रेनको संलग्नता रहेको दाबी गरेको थियो । युक्रेनले भने त्यसको खण्डन गर्दै बेतुकको दाबी भएको जनाएको छ । आक्रमणमा संलग्न चारै जना घाइते अवस्थामा देखिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.