कर्णाली प्रदेशमा सरकार गठनका लागि आव्हान

सुर्खेत-कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले नयाँ सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई आव्हान गर्नु भएको छ ।

उहाँले आज विज्ञप्ति जारी गर्दै दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आव्हान गर्नु भएको हो ।

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आजै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख परियारले नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गर्नु भएको छ ।

दावी पेश गर्ने समय चैत्र २७ गते दिउँसो ५:५० बजेसम्मको दिइएको छ । केन्द्रीय सत्ता समिकरण बदलिएसँगै कर्णालीमा एमालेको भागमा परेको छ ।

शर्माले राजीनामा दिएसँगै एमाले संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वको कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.