नेपाल युगाण्डासँग ४० रनले पराजित

युगान्डामा जारी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पाँचौँ खेलमा नेपाल घरेलु टोली युगान्डासँग ४० रनले पराजित भएको छ ।

यो पराजयसँगै खेलेका पाँच मध्ये चार खेल हारेको नेपालको प्रतियोगिताको फाइनलमा पुग्ने संभावना सकिएको छ ।

युगान्डाको एन्टेबे क्रिकेट मैदानमा आज जितका लागि ९२ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर १ बलमा सबै विकेटको क्षतिमा जम्मा ५१ रनमा समेटियो ।

नेपालका लागि कविता जोशीले १२, कप्तान इन्दु बर्माले ११, अलिसा यादवले ९ र पुजा महतोले ७ रन बनाए । पाँचजना खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।

यसअघि नेपालले पहिलो खेलमा युगान्डालाई एक विकेटले हराएको थियो ।

यो बाहेक नेपाल नामिवियासँग भएका दुबै खेलमा र चाइना हङकङसँग भएको एक खेलमा पराजित भइसकेको छ ।

अब नेपालले प्रतियोगिताको आफ्नो अन्तिम खेलमा चाइना हङकङसँग दोस्रो खेल खेल्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.