श्रीमानले गरे श्रीमतीको हत्या

तनहुँ- तनहुँको व्यास नगरपालिका वडा नं ५ साँगेमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । ३५ बर्षीय जीतबहादुर कुमालले शनिवार दाउरा प्रहार गरी श्रीमती ३२ बर्षीया सुकमायाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

श्रीमतीलाई हत्या गर्ने कुमाललाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो । घटनाको कारण बारे अनुसन्धानपछि मात्र भन्न सकिने तनहुँ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.