गढी किल्लाको संरक्षण गर्न नेपाली सेनाले पदयात्रा गर्दै

पाल्पा- नेपाली सेनाले गत वर्ष जस्तै यस वर्ष पनि दोस्रो ऐतिहासिक गोरखा जितगढी पदयात्रा सञ्चालन गर्ने भएको छ । ऐतिहासिक महत्व बोकेका गढी, किल्ला, युद्धस्थल र पदमार्ग लगयातका धरोहरका संरक्षण, सम्वर्द्धन एवं प्रवर्द्धन गर्न यही वैशाख २ गते देखि ७ गतेसम्म ३०५ किलोमिटर पदयात्रा हुने भएको हो ।

पाल्पास्थित नेपाली सेना दि फेमस महेन्द्र दल गणका अनुसार गोरखा जिल्ला देखि रुपन्देहीको जिगगढी किल्ला सम्म ६ दिने पदयात्रा हुने छ । जिल्लाको केलादीघाट दर्छा सिलुवा पिलुवा बाकुमगढी माथागढी प्रवास हुदै नुवाकोट गढीसम्म पदयात्रा हुने दि फेमस महेन्द्र दल गणका गणपति भुपेन्द्र गुरुङले जानकारी दिनुभयो ।

नेपाल अंग्रेज युद्धमा अंग्रेज फौजलाई परास्त गर्न प्रयोग भएका गढी, किल्ला र पदमार्गको पहिचान गरि त्यसको प्रर्वद्धन गर्न पदयात्रा सञ्चालन गर्न लागिएको गणपति गुरुङले बताउनुभयो ।

पदयात्रा बारे जानकारी दिन आयोजित कार्यक्रममा पदयात्रा सञ्चालन हुने पालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी, बुद्धिजिवि, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो । पदयात्रामा नेपाली सेना ५२ जना अधिकृत, सकलदर्जा, सुरक्षाकर्मीको सहभागिता रहने छ ।

पदयात्रा गोरखाबाट सुरु भई रुपन्देहीको जितगढी किल्ला पुगेर विजय उत्सब बनाउने तयारी भएको गणका सेनानी जित बहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.