लुम्बिनीमा सानो आकारको मन्त्रीमण्डल गठन हुँदै, यी हुन् शपथको तयारीमा रहेका मन्त्री

दाङ- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले सानो आकारमा मन्त्रीमण्डल गठन गर्दै हुनुहुन्छ । आज दिउँसो प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथ लिएपछि थप तीन जना मन्त्रीले शपथ लिने जनाइएको छ ।

एमालेबाट एक, माओवादी केन्द्रबाट एक र जनता समाजवादीबाट एक गरी तीन जना मन्त्रीको पनि शपथ हुने बताइएको छ । एमालेबाट दल उपनेता चेतनारायण आचार्य, नेकपा माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बन्न लाग्नु भएको हो ।

पहिलो चरणमा तीन जना मन्त्रीले शपथ लिने र बाँकी विश्वासको मत लिएपछि थप मन्त्री नियुक्त गरिने जनाइएको छ ।

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजिनामा दिएपछी पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको थियो ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि महराले जनता समाजवादी पार्टी, नेकपा एकिकृत समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई समेत मन्त्री बनाउनेगरी दलहरुबीच लिखित सहमती भएको थियो ।

लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित दश वटा मन्त्रालय छन् । तर, मन्त्रालयको संख्या १२ सम्म पुर्‍याउने र बाँकी रहेका दलहरुलाई पनि सरकारमा सहभागी गराउने जोड देखिन्छ । एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन र बाँकी अन्य मन्त्रालय साना राजनितिक दललाई दिनेगरी तयारी पनि छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.