ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

रौतहट- ट्याक्टरको ठक्करबाट साईकलमा सवार एक बालकको मृत्यु भएको छ । रौतहटको गुजरा नगरपालिकास्थित जंगलसहियामा आज बिहान ट्याक्टरको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको हो ।

धनसारबाट जंगलसहियातर्फ आउँदै गरेको ना ७ त ७५७ नम्बरको ट्याक्टरले साइकललाई ठक्कर दिँदा शेख हसमुल्लाका अन्दाजी १३ वर्षीया छोरा शेष सहनवाजको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए ।

घाइते बालकलाई उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएपछि पीडित परिवारले मृतकको शव फिर्ता ल्याई घटनास्थलमा राखेर प्रदर्शन समेत गरिरहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.