धनुषामा बर्षाका कारण काँचो ईंटा गलेर करोडौंको क्षति

जनकपुरधाम- मधेश प्रदेशको राजधानी जनकपुरधाममा हावा हुरीसँगै आएको बेमौसमी वर्षाका कारण धनुषा जिल्लाअन्तर्गत संचालित भट्टाहरुमा काँचो ईंटा गलेर करोडौं रुपैयाँको क्षति भएको छ ।

यस जिल्लामा ४२ वटा ईंटा भट्टा संचालित रहेका छन् । प्रत्येक ईंटा तयारी पार्न करीब दुई रुपैयाँ खर्च परेको र हरेक भट्टामा आठदेखि तीस लाख काँचो तयारी ईंटा गलेकाले करीब ३० करोडको आर्थिक क्षति भएको फिक्स ईंटा उद्योग संघ धनुषाका अध्यक्ष विनय यादवले बताउनु भएको छ ।

ईंटा भट्टाको गोलभित्र एक चरणमा दश लाख ईंटा पकाउने क्षमता रहेको र ईंटा बनाउने कामदेखि पकाउने गोलसम्म खाल्टोमा काम गर्नुपर्ने भएकाले वर्षामा जोखिम व्योहोर्नु परेको अध्यक्ष यादवको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.