कृषकलाई सम्मान गर्दै सकियो आलु महोत्सव

कास्की- पर्यटकीय नगरी पोखरामा भएको १२औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव पोखरा क्षेत्रका अग्रज कृषकहरुलाई सम्मान गर्दै सम्पन्न भएको छ ।

त्यस अवसरमा आलुको प्रदर्शनीमा उत्कृष्टता हासिल गर्नुहुने कृषक भीममाया नेपाली, एकबहादुर कार्की, पार्वती बाँनियाँ, हरीमाया रोका तथा कृषि अधिकृत चन्द्रकान्त तिमिल्सीनालाई नगदसहित सम्मान गरियो ।

कृषक सम्मान गर्नुहुँदै पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका पोखरा-२५ का वडाध्यक्ष मोतिलाल तिमल्सिनाले महोत्सवमा महानगरको साथ रहेको स्पष्ट पार्नुहुँदै रु. १० लाख सहयोग गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

यहि चैत २५ गतेबाट सुरु महोत्सवका बीच त्यहाँ प्रतिकिलो ४० रुपैयाँमा आलु बिक्री गरिएकोमा कुल ३० लाख ६५ हजार ७ सय २० रुपैयाँको आलु कारोवार भएको छ ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार एवम् कृषि औजारको प्रदर्शनी, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम भएका छन् ।

‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा महोत्सव भएको हो ।

हेमजाको कुल १२ हजार पाँच सय हेक्टर क्षेत्रफल मध्ये ५ सय हेक्टरमा यो खेती गरिंदै आएको छ । जसअन्तर्गत पाँच सय ४० घरपरिवार किसान व्यवसायिक रुपमा आलुखेतीमा आवद्ध छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.