कोशी प्रदेशसभाको विशेष अधिवेशन आज

विराटनगर- कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने भएको छ । कोशी प्रदेशसभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गर्नुभएको थियो ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेशसभा हल विराटनगरमा सो अधिवेशन आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौँ अधिवेशनको माग गर्नुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.