लुम्बिनी मन्त्रिपरिषद् विस्तार : सपथ ग्रहण आज बेलुका पाँच बजे

बुटवल- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्र‍िपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।

नेकपा एमालेले भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्री बनाउन सिफारिस गरेपछि मन्त्र‍िपरिषद् विस्तार हुन लागेकाे हाे । यसअघि एमालेबाट चेतनारायण आचार्य र स्वतन्त्र सांसद दीपेन्द्र पुन विना विभागीय मन्त्री हुनुहुन्छ । यस्तै माओवादीबाट कृष्णा केसीकाे नाम सिफारिस भइसेकाे छ । जसपाबाट भण्डारीलाल अहिर र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी पनि आजै मन्त्री बन्दै हुनुहुन्छ ।

सत्ता गठबन्धन दलहरूबीच यसअघि माओवादीले मुख्यमन्त्री र दुई मन्त्रालय तथा एमालेलाई पाँच मन्त्रालय दिने सहमति भएको भएको थियो।

प्रदेश प्रमुखकाे कार्यालय बुटवलमा बेलुका पाँच बजे नवनियुक्त मन्त्रीकाे मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराइने कार्यक्रम रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.