एकीकृत समाजबादीका दीर्घ बहादुर सोडारी मुख्यमन्त्रीमा नियुक्त

कैलाली- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ बहादुर सोडारी नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले आज सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको नियुक्ति पत्रमा उल्लेख छ ।

यसअघि, आजै एमाले, माओवादीसहितको सत्ता गठबन्धनबाट सोडारीलाई मुख्यमन्त्री बनाउन दावी पेश गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.