घर भित्रका सामान निकाल्न पुगेका बृद्धको जलेर मृत्यु

दाङ- दाङ लमही नगरपालिका-९ तरुलियामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-९ तरुलिया निवासी ८७ वर्षिय वीर बहादुर बोटे रहनु भएको छ ।

बोटेको घर भित्र रहेका अत्यावश्यक कागजात लिन गएका बेला आगोको चपेटामा परेका उहाँका नाति राजेन्द्र बोटेले बताउनु भयो ।

मृतक वीर बहादुर बोटेको गोठबाट सल्किएको आगोले उहाँको एक घर हुँदै भतिजा पर्ने हुकुम बहादुर बोटेको एक घर गरि दुई घर एक गोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

बिहिवार अपरान्ह ३ बजेको समयमा एक्कासी आगलागी भएको थियो । आगलागीबाट तीन वटा घर गोठ जलेर नष्ट भएका छन् । घर भित्र रहेको कुनै सामान निकाल्न नपाएको पिडितहरुले बताएका छन ।

आगलागी भएलगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी, वडा नम्बर ९ का वडा अध्यक्ष भेष बहादुर केसी, वडा नम्बर ५ का वडा सदस्य केशव अधिकारी घटनास्थल पुग्नु भएको थियो ।

लमही नगरपालिका र गढवा गाउँपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.