लागू औषधसहित दुई जना पक्राउ

स्याङजा- स्याङ्जामा लागू औषधसहित दुईजना पक्राउ परेका छन् । शुक्रवार स्याङजा सदरमुकाम पुतलीबजार नजिकै सुम्रेखोला सवारीसाधन चेकजाचकाे क्रममा अवैध लागुऔषध सहित दुईजना लाई प्रहरीले पक्राउ गरेकाे हो ।

पक्राउ पर्नेमा भिरकोट नगरपालिका वडा नं ३ बस्ने वर्ष ३२ को अनिल क्षेत्री र बर्ष २२ को शिव दर्जी रहेका छन् ।

उनिहरुबाट नुर्फिन १४ एम्पुल, फेनरागन १२ एम्पुल, डाईजेपाम १३ एम्पुल गरी जम्मा ३९ एम्पुल बरामद गरिएकाे र थप अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायब उपरिक्षक ईन्द्र बहादुर रानाले जानकारि दिनुभयाे ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.