मिर्चैया जिवा खोलाको पुल बनेपछि २५ हजार जनता लाभान्वित

सिरहा- मिर्चैया नगरपालिका-१ मलहनिया सिमानामा पर्ने जिवा नदीको पक्की पुल निर्माण भएपछि सो क्षेत्रका २५ हजार बढी सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने भएका छन् ।

नदीमा पुल नहुँदा मलहनिया, बडहारा मिर्चैया, जिवा, महदेवा, रामपुर बिर्ता, कुथनमा, मलहनिया खोरीका जनता आवतजावतमा वर्षौँदेखि सास्ती भोग्नुपरेको थियो । डेढ बर्ष समय लगाएर निर्माण गरिएको पक्की पुल ६ महिना अघि नै सञ्चालनमा आएपछि सो क्षेत्रका जनतालाई ठूलो राहत भएको छ ।

रजाईया सडकअन्तर्गत पर्ने जिवा खोला पुल दुई पालिकाको केन्द्रमा रहेको जिवा खोला पुल मानिने गरिन्छ । कर्जन्हा, मिर्चैया नगरपालिका सर्वासधारण पुल बनेबाट लाभान्वित हुने भएको मिर्चैया नगरपालिकाका मेयर शर्वन यादवको भनाई छ ।

जिवा खोला नदीमा निर्माण गरिएको सो पक्की पुलको लम्बाई २५ मिटर र चौडाइ १० मिटर रहेको छ । सो पक्की पुल निर्माणले नदीवारी र पारीका सय भन्दा बढी घरधुरीका स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन् ।

पाँच करोड रुपैयाँको लागतमा सो पुलको निर्माण कार्य समयमै पुरा भएर स्थानीयले सवारी साधनका साथ आवागमन गर्न पाएपछि सो क्षेत्रका जनता उत्साहित बनेको स्थानीय विपतराम महराले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.