पोल नसार्दा भक्तपुरको सूर्यविनायक सडक निर्माणमा ढिलाई

भक्तपुर- विद्युतका पोल व्यवस्थापन नहुँदा भक्तपुरको सूर्यविनायक क्षेत्रमा सडकको निर्माण कार्य ढिलाइ भइरहेको छ । प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सुर्यविनायक नगरपालिका वडा नं.–७ गुण्डुस्थित कालिका डाँडा धोवीखोला सडक स्तरउन्नतीको कार्य प्रभावित बनेको हो ।

निर्माणाधीन सडकमा रहेका चार वटा विद्युतका पोल सार्नुपर्ने भन्दै विद्युत प्राधिकरणलाई पटक पटक आग्रह गरेको स्थानीयले गुनासो गरेका छन् । बाक्लो बस्ती भएका कारण बजार क्षेत्रबाटै प्रसारण लाइन लगिएको छ ।

पोल व्यवस्थापन नहुँदा सडक निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ । पोल नहटाएकै कारण काम प्रभावित भएको इन्जीनियर प्रकाश पन्तको भनाई छ । चित्रपुर गणेश निर्माण सेवाले रु ५० लाख ३९ हजार ७४१ मा २०८० फागुन ८ गते सम्झौता गरेर निर्माणको काम थालेको हो ।

कम्पनीले २०८१ असार ३० गते भित्र काम सम्पन्न गरिसक्नुपर्ने छ । तर पोल नहटेकै कारण समयमा काम गर्न सकिने अवस्था नरहेको पन्तको भनाइ छ ।

कम्पनीले हाल सडकको नाली बनाउने, पर्खाल चिन्ने र कल्भर्ड निर्माणको काम गरिरहेको छ । पोल सार्न प्रक्रिया पुरा गर्नुपर्ने भएकाले लामो समय लाग्ने विद्युत प्राधिकरण भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.