हेटौँडा औद्योगिक क्षेत्रस्थित कार्टुन उद्योगमा आगलागी

मकवानपुर- हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ औद्योगिक क्षेत्र भित्र रहेको कार्टुन उद्योगमा आगलागी भएको छ । हेल्पबक्स प्याकेजिंङ प्रालिद्वारा संचालित कार्टुन फ्याक्ट्रीमा आइतबार मध्यराती विद्युत् सर्ट भएर आगलागी हुँदा उद्योग भित्रका सरसामान जलेर नष्ट भएको छ ।

काठमाडौ-१९ का संजीव मानन्धरले संचालन गर्नुभएको उद्योगमा आगालागीबाट मानवीय क्षति भने नभएको सशस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकवानपुरका प्रमुख ज्ञान प्रसाद भुर्तेलले जानकारी दिनुभयो ।

आगोलागीबाट एक करोड बराबरको कच्चा पदार्थ लगायतका सामान जलेर नष्ट भएको उद्योग सन्चालक मानन्धरले बताउनुभयो ।

आगो निभाउन हेटौंडा उपमहानगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल १४ नम्बर गण हेड क्वार्टर मकवानपुर र स्थानीयलाई करीब ५ घण्टा समय लागेको थियो । हेटौंडा औद्योगिक क्षेत्र भित्र रहेका अन्य दुईवटा प्याकेजिङ उधोग पनी बन्द अवस्थामा रहेका छ्न् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.