छत्रकोटमा उखु महोत्सव : खुदो तथा गुड बेचेर वार्षिक एक करोडको कारोबार

गुल्मी – गुल्मी जिल्लाको छत्रकोटमा एक दिने उखु महोत्सव गरिएको छ । किशानको उत्पादनलाई बजारीकरण गर्ने र उखु खेतीमा कृषकलाई आकर्षण गराउने उदेश्यले छत्रकोट गाउँपालिकाले पहिलोपटक एक दिने उखु महोत्सव गरिएको हो ।

गाउँपालिकाले गतवर्ष सुन्तला महोत्सव गरेको थियो । पालिका भित्र मुख्य रुपमा उत्पादन हुँने सुन्तला र उखु खेतीले परिचित छ ।
कृषकलाई उखु खेतीमा आकर्षण र बजारीकरणमा टेवा पुर्याउने उदेश्यले गाउँपालिकाले यस वर्ष उखु महोत्सव गरेको पालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनुभयो । उहाँले कृषकले उत्पादनमा गुणस्तरीयता सधै कायम राख्न आग्रह गर्नुभयो ।


कृषकले गुणस्तरमा ख्याल गरे दिगो रुपमा सफल हुने उहाँको तर्क छ । महोत्सवमा उखुका परिकार तथा तयार पार्ने बिधि प्रर्दशन गरिएको थियो
महोत्सवबाट कृषकलाई उखु खेतीमा लाग्न प्रेरित गरेर राेजगारी र आम्दानीको भरपर्दो माध्यम बनाउने उदेश्य गाउँपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताउनुभयो । अहिले यहाँका कृषकले वषौेंदखि नै उखु खेती गर्दै आएकाले यस खेतीमा कृषकलाई टिकाइ राख्नको लागि गाउँपालिकाले रचनात्मक कार्यक्रम गर्दै आएको हो ।
त्यस अवसरमा आयोजित कार्यक्रममा कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले वषौेंदखि पहिचाहनको रुपमा रहेको यसक्षेत्रको गुड खुदोलाई गुणस्तरीयता कायम राखे बजारीकरणको समस्या नहुने बताउनुभयो । उहाँले पछिल्लो समय बसाइँसराइका कारणले कृषकहरु घटदै गएको बताउनुभयो ।


कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले नगदे बालीका रुपमा परिचित उखु खेती व्यवसायी रुपमा गरे यसबाटे मनग्य आम्दानी लिन सकिने बताउनुभयो । अहिले पनि जिल्लाको पहिचाहनको रुपमा रहेको छत्रकोटको गुड खुदो बिक्रीका लागि बजारको कुनै समस्या नरहेको खत्रीले बताउनुभयो ।


यहाँको गुड खुदो हालसम्म गुणस्तरीयता रहेकाले यसलाई टिकाई राख्न उहाँले आग्रह गर्नुभयो । महोत्सवमा उखुलाई पेल्ने तरिका र गुड खुदो तयार गर्ने तरिका बारे कृषकले नमूना रुपमा प्रर्दशन गरेका थिए ।
छत्रकोट वडानम्बर–१ हुँगा, वडानम्बर–३ हर्दिनेटा, वडानम्बर–४ दिगाम, वडानम्बर–५ खज्र्याङ उखु पकेट क्षेत्र हुन् । पालिका भित्रका वडाहरु मध्ये वडानम्बर–४ मा धेरै कृषकहरु उखु खेतीमा लागेका छन् । गाउँपालिकामा ७० मेट्रिक टन खुदो उत्पादन हुने गरेको छ । यहाँका करिब ३ सय जना कृषकले उखु खेती गर्दै आएका छन् ।


यसक्षेत्रमा उखुबाट बनेको खुदो, गुड बेचेर करिब १ करोडको करोबार हुने गरेको छ । अहिले छत्रकोटको वडानम्बर ४ मा गाउँले ग्रुपले ४ सय रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर उखु खेती गर्दै आएको कृषक रामकृष्ण न्यौपानेले बताउनुभयो । उहाँले छत्रकोट र रुरुका किशानको उखु पनि खरिद गर्ने गर्नुभएको छ । संकलित उखुबाट विभिन्न परिकार तयार गरेर बजारमा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । कृषको उत्पादनलाई सम्मान र काम गर्ने कृषकलाई प्रोत्साहन स्वरुप गरिएको महोत्सवले कृषकलाई ठूलो टेवा पुग्ने बताउनुभयो । महोत्सव आयोजना गरेर कृषकको उत्पादनलाईसम्मान गरेको प्रति कृषकहरु उत्साहित भएका थिए ।


उखु खेती गर्ने कृषकलाई गाउँपालिका र कृषि ज्ञानकेन्द्रले विभिन्न जातका वीउ सहयोग गर्ने गरेको छ । अहिले गुडको बजार मूल्य प्रतिकेजी ३०० रुपैयाँ र खुदोको मूल्य १७५ रुपैयाँ रहेको छ । यी क्षेत्रमा किशानले प्रशस्त मात्रामा उखु खेती गर्दै आएका छन् । यतिबेला किशानलाई उखु काट्न, पेल्न, खुदो, गुड बनाउन व्यस्त छन् ।
ग्रामिण क्षेत्रका पाखो बारीमा लगाएको उखुले रसबाट खुदो र गुड बनाएर बजारमा बिक्री गरी गुल्मीका कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । यस क्षेत्रका कृषकले परम्परागत शैलीमा गर्र्दै आएको उखु खेतीलाई प्रविधिको विकाससंगै आधुनिक मेसिनको प्रयोगले खुदो र गुड बेचेर जिविको पार्जन गर्ने मुख्य आम्दानीको स्रोत बनाएका छन् ।
यि क्षेत्रमा उत्पादन भएको गुड र खुदो गुल्मी सदरमुकाम तम्घास, रिडी, पाल्पा, बुटवल, पोखरा, काठमाडौंका शहरदेखी बिदेशसम्म प्रख्यात छ । जिल्लाबाट अन्यत्र शहरमा जानेहरुले गुल्मीको गुड र खुदो कोसेलीका रुपमा लैजाने प्रचलन पनि रहेको छ ।
यहाँको गुड अर्गानी भएकाले एकपटक प्रयोग गरेकाले पुनः खोजी खोनी खाने गर्दछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.