लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, कृषि मन्त्री अहिरको राजिनामा

दाङ- लुम्बिनी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी बाहिरिएको छ । पूर्व सहमती कार्यान्वयन नगरेको भन्दै कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले मन्त्री पदबाट राजीनामा दिदै सरकारबाट बाहिरिएका छन् ।

माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन जनता समाजवादी पार्टीले समर्थन गरेको थियो । त्यसको बदलामा सो पार्टीबाट दुई जना मन्त्री बनाउने लिखित सहमती गरेपनि अन्तिममा आएर एउटा मात्रै मन्त्रालय भाग परेपछी जसपा असन्तुष्ट थियो ।

मन्त्री अहिरले मन्त्री पदबाट राजीनामा दिएको पत्र बाहिरिएको छ । तर, सरकारलाई दिएको समर्थन बारे भने केही खुलाइएको छैन् । चैत २२ गते चार राजनीतिक दल विच भएको सहमती अनुसार शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय जसपालाई दिने उल्लेख थियो ।

तर, सरकार विस्तार हुदा जसपाबाट भण्डारीलाल अहिर मात्रै मन्त्री बनेपछी सो पार्टी सरकार संग अनसन्तुष्ट रहदै आएको थियो । लुम्बिनी प्रदेशमा नयाँ राजनीतिक समिकरणको आधारमा पाँच राजनीतिक दल र एक स्वतन्त्र सांसद गरी ४८ जना प्रदेश सभा सदस्यको समर्थनमा सरकार बनेको छ ।

अहिले बनेको मन्त्रीमण्डलमा एमालेका पाँच, माओवादीका मुख्यमन्त्री सहित दुई, नागरिक उन्मुक्ती पार्टीका एक, एकिकृत समाजवादीका एक, जसपाका एक र एक स्वतन्त्र सांसद खड्ग बस्नेत मन्त्री बन्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.