रुकुम पश्चिममा आगलागीमा परेर बृद्धाको मृत्यु

रुकुम पश्चिम- रुकुम पश्चिममा आगलागीमा परेर ७१ वर्षीया बृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो बाँफिकोट गाउँपालिका-३, को भत्नीगारे सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा स्थानीय बुदी कामीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक कामीको दुई तले खरले छाएको माटोको कच्ची घरमा आगो पस्दा उनको घटनास्थलमै मृत्यु भएको छ । आगलागीमा परेर मृत्यु भएकी बृद्धको शरीर जलेको अवस्थामा प्रहरी र स्थानीयले घर बाहिर निकालेका थिए ।

आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएको छ । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने काम भैरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.