अरूण नदीमा पुरूषको शव फेला

संखुवासभा- संखुवासभाको चैनपुर नगरपालिका–१० दमकट्टा स्थित अरुण नदीमा पहिचान नखुलेको एक पुरूषको शव भेटिएको छ । चैनपुर–१० दमकट्टामा एक जना पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरिक्षक अशोक जबेगुले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक अशोक जबेगुका अनुसार शनिबार साँझ नामथर, वतन नखुलेको उचाई अन्दाजी ५ फिट, दायाँ नाडीमा अंग्रेजी अक्षरमा एमएलआईवाई जस्तो देखिने ट्याटु भएको पुरूषको शव फेला परेको हो ।

शव अन्दाजी ४० वर्षको पुरुषको भएको प्रहरीले जनाएको छ । आइतबारसम्म मृतकको पहिचान खुल्न सकेको छैन । शवको प्रकृति हेर्दा ५ दिन पुरानो हुनसक्ने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । शव जिल्ला अस्पताल संखुवासभामा पोस्टमार्टमका लागि ल्याइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.