भाेलि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद बैठककाे निर्णय

काठमाडाै‌ – सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ । विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी आवास प्रवलीकरण, पुनःस्थापना तथा पुनःनिर्माण गर्न तीन तहको सहलगानी हुनसक्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावलीमा संशोधन गर्ने निर्णय भएको सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले अर्थसचिवमा मधुकुमार मरासिनीलाई र अर्थसचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

 

 

 

 

 

 

सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न कानुन संशोधन गर्ने अध्यादेश सिफारिस गरेको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष अध्यादेश सिफारिस गरेको हो । बैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश सिफारिस गरिएको सरकारका प्रवक्ता एवं संचार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनु भएको छ ।

त्यसैगरी आजै बसेको बैठकले अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीलाई सरुवा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी आज बसेको मन्त्रिषरिषदको बैठकले कतारी राजाले भोलिदेखि गर्ने नेपाल भ्रमणको अवसरमा भोलि एक दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.