एमालेलाई देउवाको प्रश्न, पटक-पटक राष्ट्रपति र प्रधानमन्त्री बन्ने मदनको हत्यारा खोज्न नसक्ने ?

काठमाडौँ- नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले मदन भण्डारीको हत्यारा अहिलेसम्म किन पत्ता लागेन खोजी नगरेको भन्दै एमालेलाई प्रश्न गर्नु भएको छ ।
नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराइज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै सभापति देउवाले दुई दुइ पटक राष्ट्रपति र पटक- पटक प्रधानमन्त्री बन्दापनि एमालेले मदन भण्डारीको हत्यारा किन खोजी नगरेको भन्दै प्रश्न गर्नु भएको हो ।
‘मदन भण्डारीको विषयमा यहाँ मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरुले मदन भण्डारी कस्ले किन मारियो मर्यो ? किन भन्न सक्दैन? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ?’ काँग्रेसले रोकेको हो ?
मदन भण्डारी राम्रो नेता हो यसमा दुइमत नभएको भन्दै सभापति देउवाले हत्या रहस्यमय भएको भन्दै पटक पटक राष्ट्रपति प्रधानमन्त्री बन्दा किन खोजी नगरेको हत्यारा पत्ता नलागएको भन्दै प्रश्न गर्नु भयो ”हुँदाहुँदा उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन । कांग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुपर्यो नि ! दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको ? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुस्’ खोज्नुहोस हत्यारा तपाइहरुले” देउवाले भन्नुभयो ।






प्रतिक्रिया राख्नुहोस्